पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

बेइजिङ । पपुवा न्युगिनीमा आइतबार बिहान ७ः४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिईएनसि)ले जनाएको छ ।
यस केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ ।
भूकम्पबाट भएको धनजन क्षतिको हालसम्म विस्तृत विवरणको कुनै समाचार नआएको जनाइएको छ ।रासस/सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्