तपाईँ सुन्दै हुनुहुन्छः

सरकारद्वारा बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा दु:ख ब्यक्त

काठमाडौँ । नेपाल सरकारले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा गहिरो दुख ब्यक्त गर्दै स्वर्गीय महारानीको दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ ।

भदौ २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले शोकको यस घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोकसन्तप्त बेलायती राजपरिवारप्रति हार्दिक सम्बेदना प्रकट गरेको ससरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयाजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

साथै मन्त्रिपरिषद्को बैठकले स्वर्गीय महारानीको सम्मानमा तीन दिन शोक मनाउने र नेपाल भरका सरकारी कार्यालयहरु एवं बिदेशस्थित नेपाली राजदुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको थियो ।

संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयको ९६ बर्षको उमेरमा भदौं २३ गते निधन भएको हो ।

उहाँको निधन भएकोमा भदौं २४ गते बसेको मन्त्रिपरिषदको बैठकले शोक मनाउने लगायतका निर्णयहरु गरेको थियो ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा संचार तथा सुचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, सहसचिव उत्तरकुमार खत्री र मन्त्रालय अन्तरगत निकायका उच्च अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

तस्बिर: मुकुन्द कालिकोटे

प्रतिक्रिया राख्नुहोस्

Back to top button