भन्सार छली गरी ल्याएका लाखौँ मूल्यका माल समान बरामद

बारा । सशस्त्र प्रहरी बाराले लाखौँ मूल्य बराबरको मालसामान बरामद गरेको छ । भन्सार छली ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले करिब ६ लाख ५० हजार मूल्य बराबरको समान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो ।
बरामद मालसमानमा कपडा मोबाइल,स्पेयर पार्टस,इलेक्ट्रोनिक सामाग्री लगायत मेडिकल (सर्जिकल) समाग्रीहरु रहेका छन् ।
सशस्त्र प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० नितनपुर चोकबाट दुईवटा मोटरसाइकलमा लोड गरी ल्याइरहेको अवस्थामा भन्सार छलीका मालसामान सशस्त्र प्रहरीले पक्राउ गरेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्