तपाईँ सुन्दै हुनुहुन्छः

लोसपा अध्यक्ष ठाकुरको नाम सप्तरी २ बाट सिफारिस

जनकपुरधाम ।  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरको नाम प्रतिनिधिसभा सदस्यको लागि सप्तरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ ।

जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा पार्टीको सम्पन्न क्षेत्रीय भेलाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि उहाँको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।  

प्रतिनिधिसभा प्रत्यक्षतर्फ सोही क्षेत्रबाट पार्टीका केन्द्रीय नेता जयप्रकाश ठाकुरको नाम पनि सिफारिस गरेको छ ।

यसअघि जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष ठाकुरको नाम बारा ४ र महोत्तरी ३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस भइसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button