तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

सिन्धुली। पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै थन्किएका छन् ।

इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले अहिले पहिरो पन्छाउने काम गरिरहेको छ । स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको कँडेलले बताउनुभयो । “बिहानैदेखि पहिरो खसिरहेको छ, झर्ने क्रम रोकिएको छैन”, गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले भन्नुभयो । बाटोमा सयाँै यात्रु अलपत्र परेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button