एमाले अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट उम्मेदवार सिफारिस

भद्रपुर, झापा । आसन्न निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सर्वसम्मत सिफारिस हुनुभएको छ ।
पार्टीको ५ नं क्षेत्रीय क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय इन्चार्ज होम थापाले जानकारी दिनुभयो ।
ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
यसैगरी, झापा क्षेत्र नं १ मा पनि एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । सो क्षेत्रबाट पार्टीका झापा जिल्ला सह इन्चार्ज रविन कोइरालाको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ ।
पार्टीको १ नं क्षेत्रीय समितिको बैठकले कोइरालाको नाम सर्वसम्मत सिफारिस गरेको प्रेस चौतारी झापाका इन्चार्ज मोहन काजीले जानकारी दिनुभयो ।
कोइरालाले २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्