तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपाले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन गर्दैन: अध्यक्ष लिङ्देन

नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मङ्सिर ४ गते हुने निर्वाचनमा आधारभूतरुपमा कसैसँग पनि गठबन्धन गरेर नजाने बताउनुभएको छ ।

राप्रपा बाँकेले आज बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकता अनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको स्पष्ट पार्दै आधारभूतरुपमा गठबन्धन भने नगरिने बताउनुभयो ।

उहाँले राष्ट्रियताका सवालमा नेकपा एमाले राप्रपासँग नजिक देखिएको भन्दै एमालेसँग केही ठाउँहरूमा चुनावी तालमेल गर्ने विषयमा कुराकानी भइरहे पनि ठोस निर्णय भने नभएको बताउनुभयो । अध्यक्ष लिङ्देनले सत्तारुढ दलहरू चुनावी गठबन्धन गरेरै अगाडि बढिरहेको अवस्थामा अन्य दलहरूले पनि तालमेलका लागि प्रयास गर्नु स्वाभाविक रहेको बताउनुभयो ।

नेपालगञ्जमा महामन्त्री धवल शमशेर राणालाई एमालेले सघाउँछ त ? भन्ने पत्रकारहरूको जिज्ञासामा लिङ्देनले भन्नुभयो, “छलफलले ठोस आकार लिएको त छैन तर पार्टीका पदाधिकारी, वरिष्ठ नेताहरू उठ्ने सिटहरू त यसैपनि सुरक्षित हुन्छन् भन्ने अनुमान तपाईँहरूले लगाइहाल्नुहुन्छ नि ।”

उहाँले वैदेशिक हस्तक्षेप अस्वाभाविक ढंगले बढेको भन्दै नेपालको निर्णायकत्व नेपाली जनताको हातमा राख्न राप्रपा दृढ संकल्पित रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button