तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभाका लागि दुलाल र थापा सिफारिस

सिन्धुपाल्चोक । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

२ नम्बर प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर २ का लागि उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा युवराज दुलाल र चन्द्रबहादुर थापा सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ दलित कोटाबाट बलराम बि.क, जनजातिबाट उद्दन आले मगर, जनजातिबाट ठुलोबाबु श्रेष्ठ सिफारिस हुनुभएको छ ।

त्यस्तै प्रदेश सभा क बाट प्रत्यक्षतर्फ जानुका पराजुली, चिरञ्जीवी आचार्य चिराग, श्यामकृष्ण श्रेष्ठ, गोविन्द पराजुली अविनाश सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ जनजातिबाट वीर बहादुर तामाङ, जनजातिबाट ललित श्रेष्ठ अभियान, श्याम सुन्दर श्रेष्ठ विवेक, जनजातिबाट चिन बहादुर तामाङ मुक्ति, अल्पसङ्ख्यक जनजातिबाट सुशील बहादुर माझी, महिलातर्फ बिनु खड्का सिफारिस हुनुभएको छ ।

त्यस्तै प्रदेश सभा ख बाट प्रत्यक्षतर्फ फुर्वा स्याङबो, भारत थापा, विदुर चौलागाईं सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ दलित कोटाबाट रोहिणी बिक, महिला कोटाबाट मुना ढकाल, जनजातिबाट लम्जुम शेर्पा, जनजातिबाट अर्जुन लोप्चन, खस आर्यबाट श्याम खड्का, जनजातिबाट महेशलाल श्रेष्ठ, घाइते अपाङ्गको तर्फबाट गोपाल नेपाल सिफारिस हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button