बलिउड फिल्म ‘इश्क पस्मिना’को टिजर र गीत सार्वजनिक

काठमाडौँ । बलिउड फिल्म कम्पनी कृष्ण शन्ति प्रोडक्सन हाउसले निर्माण गरेको चलचित्र ‘इश्क पस्मिना’ को टिजर र गीत काठमाडौँमा सार्वजनिक भएको छ ।
प्रोडुसर सुरज सुर्या मिश्र, नायक भविन भानुशाली र नायिका मालती चाहर सहितको टोलीले काठमाडौँस्थित होटल एम्वासडरमा मिडियाको लागि आयोजित कार्यक्रममा उपस्थित भएर टिजर र गीत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा सहभागी हुनको लागि शुक्रबार काठमाडौँ आएको टोलीले आज बिहान पशुपतिनाथको दर्शन समेत गरेको छ।
नायक भाविन र नायिका मालतीको यो पहिलो फिल्म हो । भाविन भारतको लोकप्रिय टिकटक स्टार हुनुहन्छ भने मालती भारतीय क्रिकेटर दिपक चाहरकी बहिनी हुनुहुन्छ ।
भारतको सिमलामा छायाङ्कन गरिएको फिल्मले ९० को दशकको झल्को दिँदै नवीन प्रेम कथा भनेको फिल्मका निर्माता सुरज सुर्या मिश्राले बताउनुभयो ।
उहाँले नेपाल र भारत नजिकै रहेको बताउँदै व्यवसायीक सम्बन्धलाई अझै भावनात्मक बनाउन आफू नेपाल आएको बताउनुभयो ।
यस्तै नायिका मालतीले यो कथाले सबै युवा पुस्ताको मन छुने बताउनुभयो। नायक भविनले दर्शकले फिल्म हेर्दा आफूहरूले गरेको मेहनत देख्ने विश्वास व्यक्त गर्नुभयो ।
जी म्युजिक कम्पनीबाट सार्वजनिक भएको गीत ‘जोगी हो गया’ मा चर्चित भारतीय गायक जाबेद अली ले स्वर दिनुभएको छ । फिल्मको निर्देशन भने अरबिन्द पाण्डेले गर्नुभएको हो ।
‘इश्क पश्मिना’ फिल्मको ट्रेलर ७ सेप्टेम्बरमा सार्वजनिक हुने र सेप्टेम्बर २३ बाट नेपाल र भारतमा प्रदर्शनमा आउने जानकारी पनि कार्यक्रममा दिइएको छ । ।








प्रतिक्रिया राख्नुहोस्