तपाईँ सुन्दै हुनुहुन्छः

विकास निर्माणसँगै सामाजिक सशक्तीकरणका कार्यक्रम: मन्त्री यादव

वीरगञ्ज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकास निर्माणसँगै सभ्य समाज निर्माणका लागि सामाजिक सशक्तीकरणका कार्यक्रमलाई समेत सरकारले एक साथ अगाडी बढाएको बताउनुभएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत वीरगन्ज महानगरपालिका १५ भिष्वा र भेडिहारीमा नवनिर्मित मन्दिर र विवाह भवनको उद्घाटन गर्नुहुँदै मन्त्री यादवले सामाजिक कार्यमा सबैको सहयोग र सहकार्य आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।

मन्त्री यादवको संसदीय विकास कोषको १५ लाख रुपैयाँको लागतमा मन्दिर र ३०/३० लाख रुपैयाँको लागतमा दुई स्थानमा विवाह भवन निर्माण गरिएको छ ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, जिल्ला समन्वय समितिका पूर्व सभापति नेक मोहम्मद मियाँ, वीरगन्ज महानगरपालिका १५ का अध्यक्ष रमेश यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button