राष्ट्र निमार्णको अभियानमा सबै मिलेर अघि बढ्नुपर्छ : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमान र लोकतन्त्रको रक्षा गर्दै राष्ट्र निमार्णको अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
अनेरास्ववियु प्रदेश न १ को प्रशिक्षण कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्नुहुँदै उहाँले राष्ट्र बनाउने अभियान सबैको साझा अभियान भएको बताउनुभयो ।
उहाँले लोकतन्त्र, गणतन्त्र, मुलुकमा स्थायित्व तथा सुशासनको सवालमा आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्नुहुँदै उहाँले आगामी निर्वाचनमा आफले प्रयोग गर्ने भोट सही ठाउँमा प्रयोग गर्न युवा तथा विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
“तपाइले पहिलो चोटि मताधिकारको प्रयोग गर्दै हुनुहुन्छ भन्ने त्यो भोटको सही उपयोग हुनु पनि उत्तिकै जरुरी छ ।” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेमा प्रवेश गर्नेहरूको देशभरि लहर छाएको छ भन्नुहुँदै एमालेमा हरेक दिन सङ्ख्या थपिँदै गएकाले आगामी निर्वाचनमा नेकपा एमाले देशकै सबैभन्दा ठुलो पार्टी बन्ने दाबी गर्नुभयो ।
उहाँले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जनताको जनादेशले निर्वाचनको माध्यमबाट एउटा ठुलो फैसला गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्