तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित १८ किलोमा गएको पहिरो पन्छाएपछि  दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । 

आज बिहान करिब ८ बजे रातोमाटो सहितको पहिरो खसेपछि दुईतर्फी रुपमा अवरुद्ध थियो । 

सडक डिभिजन कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा पहिरो पन्छाएपछि सवा १२ः०० बजे दुईतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button