तपाईँ सुन्दै हुनुहुन्छः

उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

file photo

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको  छ । 

आयोगले तत्कालीन रजिस्ट्रार कटवालले आर्थिक वर्ष ०७८/७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरी पारिश्रमिक दिएको, विभिन्न शीर्षकका बजेट नक्कली बिल भरपाई गरी ४ लाख ९८ हजार ९९५ रुपैयाँ अनियमितता गरेको ठहरसहित आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको पुष्टि भएको भन्दै तत्कालीन रजिस्ट्रार कटवाललाई ४ लाख ९८ हजार ९९५ बिगो कायम गर्दै कैद सजाय र बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपर गर्न माग दाबी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button