तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशसभाबाट प्रदेश प्रहरी विधेयक पारित

धनगढी  ।  सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश प्रहरी सम्बन्धमा गर्न बनेको विधेयक २०७८ पारित गरेको छ । 

आज बसेको प्रदेशसभा बैठकले उक्त विधेयक पारित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले प्रदेश प्रहरी सम्बन्धमा गर्न बनेको विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । 

उक्त विधेयक २०७८ असारमा प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो । त्यसअघि प्रदेश सभा बैठकमा विधेयकमाथि भएको छलफलमा प्रदेशसभा सदस्यहरु बलबहादुर सोडारी, देवकी मल्ल, महेशदत्त जोशीले भाग लिनुभएको थियो ।

यसैगरी प्रदेशसभा बैठकमा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्क कुँवरले प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button