तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा देखिए तीन जना डेङ्गुका बिरामी

दोलखा । दोलखा जिल्लामा पनि तीन जना डेङ्गु सङ्क्रमणका बिरामी भेटिएका छन् । 

सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति प्रदेश अस्पतालमा उपचारका लागि आएका तीन जना बिरामीमा डेङ्गु संक्रमण पुष्टि भएको अस्पतालका एमडिजिपि डा.विनोद दंगालले बताउनुभयो । 

दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर – ७ का एक महिला, एक पुरुष र एक बच्चा गरी तीन जनामा डेङ्गु संक्रमण पुष्टि भएको डा.दंगालले जानकारी दिनुभयो । 

डेङ्गु संक्रमण पुष्टि भएको तीनै जनालाई अस्पतालमै राखेर उपचार भइरहेको पनि उहाँले बताउनुभयो । 

ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेङ्गु सङ्क्रमणका सुरुआती लक्षण हुने डा. दंगाल बताउनुहुन्छ । लामखुट्टेका कारण डेङ्गु संक्रमण हुने भएकोले घरको सरसफाईमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button