तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ –मुग्लिन सडक नौ घण्टापछि सञ्चालनमा

चितवन । पहिरो हटाएपछि नारायणगढ –मुग्लिन सडक नौ घण्टापछि सञ्चालनमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान ५ बजेर ५० मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारीमा लेदो सहितको पहिरो गएपछि दुईतर्फी सडक अवरुद्ध भएको थियो ।  

पहिरो पन्छाएपछि आज ९ बजेर  ४५ मिनेटमा दुईतर्फी सञ्चालनमा आएको हो ।  

केराबारीमा केही दिनयता बर्षाका कारण दिनहुँ जसो पहिरो झरेर सास्ती दिने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button