पहाडी जिल्लामा समेत डेङ्गुको प्रकोप
पाल्पा । तराईका जिल्लाहरूमा महामारीको रुपमा फैलिएको डेङ्गु रोग पछिल्लो समय पहाडी जिल्लामा समेत तीव्र रुपमा फलिँदै गएको पाइएको छ ।
पाल्पामा पछिल्लो डेढ महिनाको समयमा २४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार साउन र भदौ महिनाको हालसम्म २४ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा दुई बर्ष पहिले शून्य अवस्थामा रहेको डेङ्गुको संक्रमण गत बर्ष २७ जनामा देखिएको र यो बर्ष दुई महिना नपुग्दै २७ जनामा संक्रमण फैलिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिनुभयो ।
दैनिकजसो संक्रमित देखिन थालेपछि स्वास्थ्य कार्यालय पाल्पाले यसको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि काम थालिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
डेङ्गु लामखुट्टेबाट सर्ने भएकाले त्यसबाट बच्न पानी जम्ने स्थानलाई तत्काल पुर्ने, लामा बाउला भएका कपडा लगाउने, संक्रमण फैलिन नदिन सचेतनाका कार्यक्रम गर्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख गिरीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्