तपाईँ सुन्दै हुनुहुन्छः

डा. लम्साललाई राष्ट्रिय छन्द पुरस्कार प्रदान

धनगढी । वरिष्ठ साहित्यकार डा.नवराज लम्साललाई ‘जसुन्धरा राष्ट्रिय छन्द पुरस्कार २०७९’ प्रदान गरिएको छ ।१५ औँ  राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा कैलाली जनपुस्तकालयद्धारा धनगढी आयोजित समारोहमा वरिष्ठ कवि, गीतकार, सञ्चारकर्मी डा. लम्साल (अग्नि महाकाव्यका लागि २०७८ मदन पुरस्कार विजेता)लाई उक्त पुरस्कार प्रदान गरिएको हो । उहाँलाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले सो पुरस्कार प्रदान गर्नुका साथै सम्मानित गर्नुभयो । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ । डा. लम्साल रेडियो नेपालका निर्देशक हुनुहुन्छ ।

यसैगरी ‘पूर्णानन्द जोशी राष्ट्रिय शिक्षा पुरस्कार २०७९’  शिक्षाविद् लक्ष्मीप्रसाद भट्टराईलाई प्रदान गरिएको छ । समारोहमा सष्ट्राहरुका विभिन्न कृति विमोचन गरिएको थियो । सो अवसरमा वरिष्ठ कवि, साहित्यकार तथा पुराना सञ्चारकर्मी यजराज यात्रीले स्व।मातापिताको स्मृतिमा अक्षय कोष स्थापनाका लागि १ लाख बराबरको चेक पुस्तकालयका अध्यक्ष डा.टिएन जोशीलाई हस्तान्तरण गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button