तपाईँ सुन्दै हुनुहुन्छः

बारामा कोभिड–१९ विरुद्ध बालबालिकालाई फाइजर खोप दिइने

कलैया । कोभिड–१९ विरुद्ध बारा जिल्लाका स्थानीय तहहरूमा पाँच वर्षदेखि १२ वर्षमुनिका एक लाख २० हजार बालबालिकालाई फाइजर खोप दिने अभियान सुरु हुने भएको छ ।

खोप अभियान कार्यक्रमको पहिलो चरणमा यही भदौ १६ देखि ३१ गतेसम्म जिल्लाको कलैया उप–महानगरपालिका, जीतपुर सिमरा उप–महानगरपालिका, निजगढ र कोल्हबी नगरपालिका, फेंटा, प्रसौनी, विश्रामपुर र परवानीपुर गाउँपालिकाका पाँच वर्ष देखि १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य कार्यालयका खोप अधिकृत जितन चौधरीले बताउनुभयो ।

यसैगरी दोस्रो चरणमा यही भदौ २७ देखि ३१ गतेसम्म जिल्लाको सिम्रौनगढ, पचरौता, महागढीमाई नगरपालिका, आदर्श कोतवाल सुवर्ण, देवताल, बारागढी र करैयामाई गाउँपालिकामा खोप दिइने छ । खोप अभियान कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button