तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानको मनोर उपत्यकामा बाढीका कारण कम्तीमा १५ को मृत्यु दर्जनौँ पुल र घरहरु भत्किए 

काठमाडौंं । पाकिस्तानको उत्तरी प्रान्त खइबर पख्तुनवामा रहेको मनोर उपत्यकामा बाढीका कारण कम्तीमा १० वटा पुलहरु र दर्जनौँ घर भत्किएका छन् । 

बाढीका कारण खोला तथा नदीहरूमा जल सतह बढ्दा सयौँ मानिसहरू फसेका अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले जनाएको छ । 

पाकिस्तानको चर्चित पर्यटकीय क्षेत्र मानिने मनोर उपत्यकामा मात्र भीषण बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भइसकेको छ ।

बाढीका कारण मनोर उपत्यकालाई मुख्य सहरहरूसँग जोड्ने सबै पुल भत्केका बिबिसीले उल्लेख गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button