तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकबाट एक वर्षमा सात हजारले लिए राहदानी

सिन्धुपाल्चोक  । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट एक वर्षमा ६ हजार ९ सय ३३ जनाले राहदानी लिएका छन् ।

कोरोना महामारी कम हुँदा वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीको सङ्ख्या वृद्धि भएसँगै राहदानी बनाउने नागरिकको सङ्ख्यासमेत अघिल्ला वर्षको तुलनामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

१२ स्थानीय तह रहेको यस जिल्लाबाट एक वर्षको अवधिमा ७ हजार ९ सय १९ फाराम सङ्कलन भएको थियो । ६ हजार नौ सय ३३ थान राहदानी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार वैदेशिक रोजगारीका लागि तिन हजार ५सय ५५महिला तथा चार हजार ७ सय ९९ पुरुषले राहदानी लिएका हुन । केहीले भने राहदानी लिन नआउने गरेको कार्यालयले जनाएको छ ।

राहदानीका लागि फाराम भर्ने नागरिकबाट एक वर्षको अवधिमा रु चार करोड ३३ लाख ८६ हजार २सय  राजस्व सङ्कलन भएको प्रशासन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button