एमाले केन्द्रिय निर्वाचन परिचालन कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको केन्द्रिय निर्वाचन परिचालन कमिटीको बैठक सुरु भएको छ ।
ललितपुरस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन, ३४ सदस्यीय केन्द्रीय सचिवालय तथा केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवमा विष्णु रिमाल चयनलाई चयन गरिएको र देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने विषयमा छलफल भइरहेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
कमिटीमा केन्द्रिय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय परिषद् र आयोगका पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसङ्गठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरू सदस्य रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्