तपाईँ सुन्दै हुनुहुन्छः

छोरी कार्यक्रम सम्पन्न

काठमाडौँ । सिस्नुपानी नेपालले तीजका अवसरमा आज छोरी विशेष सन्देशमूलक कार्यक्रमको आयोजना गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसहित मुलुकका विशिष्ट व्यक्तित्व सहभागी विशेष कार्यक्रममा महिलाहरूद्वारा मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुती गरिएको थियो ।

हास्य कलाकार हरिवंश आचार्य र मनोज गजुरेलको विशेष प्रस्तुति रहेको कार्यक्रममा गायिका अन्जु पन्तले आमासम्बन्धी गीत प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, कुन्ता शर्मा, मोमिला जोशी, टङ्क आचार्य र भावना शर्माले महिलावादी कविता प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button