तपाईँ सुन्दै हुनुहुन्छः

महिलाले अधिकार नपाएसम्म देशको विकास हुँदैन: मन्त्री यादव

वीरगञ्ज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले महिलाहरूले अधिकार नपाएसम्म देशको विकास नहुने बताउनुभएको छ ।

समाजवादी महिला संघ नेपाल पर्साद्वारा वीरगञ्जमा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले अझै महिलाहरू आफ्नो अधिकारबाट वञ्चित रहेको हुँदा अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

समाजवादी महिला संघ पर्साकी अध्यक्ष इन्दु देवी यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका अर्थ राजमन्त्रि उषा देवी, प्रदेश सभा सदस्य करिमा बेगम, भिमा यादव, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, महिला नेतृ पिकी यादव, सलमा खातुन, रेखा यादव, ललिता देवी साह, सञ्जिल्ला यादव लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेलाले इन्दु यादवको सभापतित्वमा जिल्ला कार्य समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा सुनिता शर्मा, रावडी देवी, सचिवमा प्रेरणा श्रेष्ठ, सहसचिवमा प्रेमा सिंह, कोषाध्यक्षमा रमिता गुप्ता लगायतका रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button