तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रीय कमिटी बैठक  सुरु 

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । 

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकमा छलफलका लागि विभिन्न ११ वटा कार्यसूची रहेको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरूको शपथ तथा कार्य विभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको प्रचार तथा प्रकाशन विभाग उपप्रमुख रिजालले जानकारी दिनुभयो ।         

यस्तै सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र . समसामयिक प्रस्ताव रहेका छन् । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बसेको  हो ।        

यही भदौ ७ गते स्थायी कमिटी र भदौ ९ गते पोलिटव्यूरो बैठक बसिसकेको छ । ती दुवै बैठकमा नेताहरूले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव दिनुभएको थियो ।   

 सबै तस्बिर सुर्य थापाको फेसबुकवालबाट

प्रतिक्रिया राख्नुहोस्

Back to top button