तपाईँ सुन्दै हुनुहुन्छः

दिगो विकासका कार्यक्रम सञ्चालनमा आफ्नो ध्यान केन्द्रित हुन्छ : कार्यकारी निर्देशक डा.उप्रेती

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयका नव नियुक्त कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले सरोकारवालाहरूलाई धेरैभन्दा धेरै हित हुने गरी दिगो विकासका कार्यक्रम सञ्चालन गर्न ध्यान केन्द्रित गर्ने बताउनुभएको छ ।

आज पद बहाली गर्नुहुँदै कार्यकारी निर्देशक डा.उप्रेतीले वैदेशिक रोजगारीमा गएकाहरूलाई दिने सेवालाई प्रभावकारी बनाउने र विदेशबाट फर्किएकाहरूलाई रोजगारी सिर्जना गरिने बताउनुभयो ।

पद्धति र प्रणालीको विकास गरी इमानदारीका साथ काम गर्न बोर्ड सचिवालयका कर्मचारीहरूलाई कार्यकारी निर्देशक डा.उप्रेतीले निर्देशन दिनुभयो ।

मन्त्रिपरिषद्को यही भदौ ६ गतेको बैठकले बाराका डा.उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको सचिवालयको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button