१५–२० दिनमा भारतबाट गहुँ आयात सुरु हुने
काठमाडौँ । आगामी १५ देखी २० दिनमा नेपालमा भारतबाट गहुँ आयात सुरु हुने भएको छ ।
भारत सरकारले हालै गहुँ निर्यातमा रोक लगाएकोले गहुँ आयात बन्द रहेको छ ।
उद्योग सचिव डा तोयनारायण ज्ञवालीले गहुँको आयात सुचारु भएपछि स्वदेशी मैदा उद्योग सुचारु हुने बताउनुभएको छ ।
उद्योगी कुमुद दुगडको नेतृत्वमा गएको उद्योगीहरूको प्रतिनिधि मण्डलसँगको भेटमा उद्योग सचिव ज्ञवालीले स्वदेशी उद्योग संरक्षण गर्न नेपाल सरकारको तर्फबाट गहुँ आयातको प्रक्रिया अगाडी बढिसकेको, सम्बन्धित निकायमा पत्र पठाएको जानकारी गराउनुभयो ।
भेटमा उद्योगीहरूले नेपालमा ३६ वटा मैदा मिल सञ्चालनमा रहेकोले चालु आर्थिक वर्षको लागि लगभग १० लाख टन गहुँ आवश्यक पर्ने हुँदा घरेलु उत्पादनले मात्र धान्न नसकेकोले भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्