तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ र रघुगंगा जलविद्युत आयोजनको अनुगमन प्रतिवेदन समितिमा पेस

काठमाडौँ । प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा तनहुँ र रघुगंगा जलविद्युत आयोजनको अनुगमन कार्यदलले प्रतिवेदन पेस गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा कार्यदलका संयोजक भुपेन्द्र बहादुर थापा लगायत पाँच जना सदस्यहरुले तयार पारेको प्रतिवेदन समितिलाई पेश गरेको हो ।

कार्यदलले तनहुँ जलविद्युत आयोजना र रघुगंगा जलविद्युत आयोजनाको गत असार १४ देखि २० गतेसम्म मुस्ताङ जिल्लास्थित जोमसोम बजार, लेते र घाँसामा काली गण्डकी नदीले ढुङ्गा, गिटी र बालुवा डिपोजिट गरेको कारण उक्त स्थान लगायत समग्र कालीगण्डकी नदी किनारका बस्तीहरू जोखिममा परेको सम्बन्धमा अध्ययन गरेको थियो ।

बैठकमा आयोजनाको कार्य प्रगतिको अवस्था र आयोजना निर्माणमा देखिएका समस्या पहिचान गरी आयोजनाको काममा तदारुकता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले स्थलगत भ्रमण गरिएको जानकारी गराइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button