तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय खेलकुदका लागि धनकुटामा खेलाडी छनौट तीव्र रुपमा

धनकुटा । नवौं राष्ट्रिय खेलकुदका लागि धनकुटामा खेलाडी छनौटलाई तीव्रता दिइएको छ । जिल्ला खेलकुद विकास समितिले धनकुटाले छनौट प्रतियोगिता आयोजना गरिरहेको छ ।

प्रदेश स्तरीय छनौटका लागि समितिले धनकुटाको तल्लो टुँडिखेल, विभिन्न कभर्ड हलमा विविध खेलका खेलाडीहरूको छनौट भइरहेको जनाएको छ ।

राष्ट्रिय खेलकुदका लागि आगामी १० गतेसम्म खेलाडी छनौट सम्पन्न गरिसक्नुपर्ने निर्देशन अनुसार समितिले १३ वटा विविध खेलको छनौट गरिरहेको अध्यक्ष मनोज चाम्लिङ राईले जानकारी दिनुभयो । उहाँले तोकिएको समयमा नै धनकुटाबाट खेलाडी छनौट सम्पन्न गरिने भएको बताउनुभयो ।

धनकुटाबाट फुटबल, भलिबल, एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, कराँते, उसु, तेक्वान्दो, बक्सिङ, कबड्डी, हाइटेक तेक्वान्दो र बुद्धिचालमा खेलाडी छनौट हुनेछन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धनकुटामा ३ सय ९६ खेलाडीले नाम दर्ता गराएका थिए । जिल्ला खेलकुद विकास समितिका अनुसार धनकुटाबाट २ सय १९ जना छनौट भएर प्रदेशबाट हुने प्रतियोगितामा भाग लिन पाउने भएका छन् ।

पौडीमा १ जना खेलाडी रहेकोले उनी स्वतः प्रदेश चरणमा गएको र बुद्धिचालको छनौट सकिएको जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव नवीन प्रधानले जानकारी दिनुभयो ।

पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ । त्यसका लागि प्रदेशबाट छनौट चरण भदौ १६ देखि असोज १० गतेसम्म सञ्चालन हुने खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिनुभयो । प्रदेशबाट छनौट भएका खेलाडी राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button