तपाईँ सुन्दै हुनुहुन्छः

महाभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग छानबिनका लागि बनाइएको सिफारिस समितिको बैठक आज बस्दै छ।

समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको हो । आजको बैठकले समितिको सभापति चयन गर्नेछ भने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न कार्यविधि र कार्यतालिका तय गर्ने छ ।

जबरामाथि छानबिन गर्न प्रतिनिधिसभाले ज्येष्ठ सदस्य रामबहादुर विष्टसहित २२ फागुनमा ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

प्रतिनिधिसभाबाट २२ साउनमा महाभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको १ भदौमा बसेको पहिलो बैठकमा कार्यविधिको मस्यौदा र कार्यतालिकामा छलफल भएको थियो।

प्रतिनिधिसभाका ९८ सांसदले गत फागुनमा २१ वटा अभियोग लगाउँदै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

महाभियोग लागेसँगै जबरा निलम्बनमा हुनुहुन्छ भने वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button