तपाईँ सुन्दै हुनुहुन्छः

इरानसँगको आणविक सम्झौता प्रयास जारी, यसै साता बैठक हुने : ईयू

म्याड्रिड। इरानले युरोपेली सङ्घ (ईयू) को प्रस्तावमा आफ्नो प्रतिक्रिया जनाएपछि इरानसँगको आणविक सम्झौताको पुनः उत्थानका लागि सम्भावित बैठक यसै साता हुनसक्ने युरोपेली सङ्घ (ईयू) का उच्च कूटनीतिज्ञले सोमबार बताएका छन् ।

इरानको आणविक महत्त्वाकाङ्क्षालाई नियन्त्रण गर्ने उद्देश्यले सन् २०१५ मा विश्व शक्तिराष्ट्र र तेहरानबीच भएको सम्झौता (जेसीपीओए)लाई पुनर्जीवित गर्ने प्रयास महत्वपूर्ण मोडमा छ । जेसीपीओएका अन्य पक्षहरूमा बेलायत, चीन, फ्रान्स, जर्मनी र रूस रहेका छन् ।

“गत साताको अन्त्यमा भियनामा बैठक बस्ने तय भएको थियो, तर त्यो सम्भव भएन । यो हप्ता बैठक हुन सक्छ,” ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले स्पेनको सान्टान्डरमा भएको पत्रकार सम्मेलनमा बताउनुभयो । 

यसै महिनाको सुरुमा बोरेल र उहाँको टोलीको समन्वयमा एक वर्षभन्दा लामो वार्तापछि ईयूले ‘अन्तिम’ प्रस्तावको प्रस्तुत गरेको थियो ।

सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता कर्तामध्येको एक संयुक्त राज्य अमेरिका फिर्ता भएको घोषणा गरेपछि इरानले पनि आफ्ना लागि मात्र मान्य नभएको भन्दै क्रमशः सम्झौताबाट फिर्ता भएको घोषणा गरेको थियो । त्यसपछि सम्झौता सङ्कटमा परेको थियो । विश्व शक्ति राष्ट्रहरूले संयुक्त राज्य अमेरिकालाई यसमा फिर्ता ल्याएर इरानसँगको आणविक सम्झौतालाई पूर्ण रूपमा पुन ः स्थापित गर्ने लक्ष्य राखेको छ । 

अमेरिकी उक्त कदमपछि इरानले जेसीपीओएअन्तर्गतका आफ्ना प्रतिबद्धताहरू फिर्ता लिन बाध्य भएको भन्दै र युरेनियमको भण्डारलाई निरन्तर रूपमा जारी राख्दै हतियार–ग्रेड स्तरको नजिक पु¥याएको थियो ।

बोरेलले वार्ता सकेसम्म अघि बढेको र ‘यो नै सहमतिको विन्दु भएको’ बताउनुभएको छ ।

बोरेलले भन्नुभयो, “अमेरिकाले अहिलेसम्म औपचारिक जवाफ दिएको छैन । तर हामी उनीहरूको प्रतिक्रियाको पर्खाइमा छौँ र मलाई आशा छ कि प्रतिक्रियाले हामीलाई वार्ता समाप्त गर्न अनुमति दिनेछ ।”  

उहाँले भन्नुभयो, “मलाई सहमतिको आशा छ, तर म तपाईंलाई पूर्ण आश्वासन दिन सक्दिन ।”एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button