तपाईँ सुन्दै हुनुहुन्छः

सिट बाँडफाँट निष्कर्ष नजिक: मन्त्री कार्की

काठमाडौँ । आज बसेको सत्ता गठबन्धनको बैठकमा आउँदो निर्वाचनका लागि सिट बाँडफाँटबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट बाँडफाँटबारे निष्कर्ष नजिक पुगेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठक निष्कर्षको नजिक पुगेको र भोलि ३ बजे फेरि बैठक बस्ने मन्त्री कार्कीले बताउनुभयो ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरुबीच सिट बाँडफाँड गर्ने विषयमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलको बैठक निरन्तर बस्दै आएको छ ।

पछिल्लो समय कार्यदल र गठबन्धनका शीर्ष नेताहरूबिच सिट बाँडफाँटबारे बैठक र छलफल हुँदै आएको छ ।

तस्वीरः गोरखापत्र अनलाइन

प्रतिक्रिया राख्नुहोस्

Back to top button