तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला अध्यक्षमा हुमागाईँ चयन

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षमा वसुन्धरा हुमागाईँ चयन हुनुभएको छ । 

आज पार्टीको पाँचौँ बैठकले जिल्ला नेतृत्व हेरफेर गर्दै बागमती प्रदेश कृषि तथा पशुपक्षी मन्त्री समेत रहनुभएका हुमागाईँलाई अध्यक्षमा चयन गरेको हो ।

बैठकले उपाध्यक्षमा दीपककुमार गौतम, सचिवमा गोकुल गौतम तथा विद्यार्थी नेता यशु लामालाई सहसचिवमा चयन गरेको हो ।

हुमागाईँ यसअघि उपाध्यक्ष तथा गौतम सचिव हुनुहुन्थ्यो । 

यस्तै अर्का गौतम मण्डनदेउपुर नगर कमिटी अध्यक्ष हुनुहुन्थ्यो । यसअघिका जिल्ला अध्यक्ष टोक बहादुर वाइबालाई जिल्ला कमिटीको इन्चार्जको जिम्मेवारी दिइएको सचिव गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button