तपाईँ सुन्दै हुनुहुन्छः

खुला भजन चुड्का प्रतियोगितामा शिशुवा सत्सङ्ग भजन समूह प्रथम

पोखरा  । राधाकृष्ण सांस्कृतिक समूह, पोखरा–३२ द्वारा आयोजित सातौँ  खुल्ला भजन चुड्का प्रतियोगितामा शिशुवा सत्सङ्ग भजन समूह, पोखरा–२९ ले प्रथम स्थान हासिल गरेको छ ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आयोजित प्रतियोगिताको द्वितीय स्थान माछापुच्छ्रे  भजन समूह हेमजाले प्राप्त गर्‍यो भने पञ्चासे भजन समूहले तृतीय स्थान हासिल गर्‍यो । 

प्रतियोगिताको सान्त्वना स्थानमा काम धेनु कृषि महिला भजन समूह, हेमजाले हासिल गर्‍यो । 

प्रतियोगिताका विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४० हजार, ३० हजार, २० हजार १० हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन्  ।

    प्रतियोगिताको उद्घाटन गर्दै  गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले धर्म कर्म संस्कृति हराइरहेका बेला राधाकृष्ण सांस्कृतिक समूहले मौलिकता युक्त प्राचीन संस्कृतिको जगेर्ना गरेको औल्याउदै लोक संस्कृति, धर्म परम्परा जोगाउन हामी सबैको दायित्व भएको बताउनुभयो ।

प्रतियोगितामा कुल १३ वटा समूहले भाग लिएको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिनुभयो । 

कार्यक्रममा नेवार, गुरुङ र मगर समुदायका कलाकारले प्रतियोगितामा आ आफ्ना जातजातिका संस्कृति झल्कने प्रस्तुती देखाएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button