लागू औषधसहित २ जना भारतीय पक्राउ
बारा । बारा प्रहरीले लागु औषधसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नं.२० स्थित गण्डक नहर चोकमा प्रहरी चौकी बसतपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ हजार १ सय पिस लागू औषध बरामद गरेको हो ।
लागुऔषध सहित पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना ग्राम पञ्चायत कोरैया १ बस्ने वर्ष ३२ का चन्दन मिश्रा र वडा नं.२ बस्ने वर्ष २५ को धर्मजित कुशवाहा रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्