अवरुद्ध मेलम्ची–हेलम्बु सडक सञ्चालनमा

सिन्धुपाल्चोक । बिहीबार रातिदेखि अवरुद्ध मेलम्ची–हेलम्बु सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
बिहीबार रातिको वर्षाले सडक अवरुद्ध हुँदा यातायात सञ्चालन हुन सकेको थिएन । गए रातिको वर्षाले सडकमा थप क्षति हुँदा मानिस आवतजावत समेत बन्द भएको थियो ।
अवरुद्ध सडक आज दिउँसो २ः००बजेबाट सञ्चालन भएको मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङले जानकारी दिनुभयो ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले राति वर्षा हुँदा सधैँ सडक अवरुद्ध हुने गरेको भन्दै दिगो हुने गरि सडक निमार्ण गर्न नगरपालिकासँग आग्रह गर्नुभयो ।
सडक अवरुद्ध हुँदा हेलम्बुका सात वटा वडा र मेलम्ची, पाँचपोखरीका दुई वडाका नागरिक प्रभावित भएका थिए ।

अहिले पुल नहुँदा मेलम्ची–हेलम्बु सडक मात्र विकल्पको रुपमा रहेको छ ।
घरबाट दैनिक मेलम्ची आउजाउ गर्नेलाई झन् धेरै समस्या परेको हेलम्बुका कृष्ण तामाङले गुनासो गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्