तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकमा ठोक्किएर दुई जनाको मृत्यु

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत  चितवनको  ईच्छाकामना –४ कुरिनटारमा गए राती करिब ३ बजेको समयमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किन पुग्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाया र पछाडि सवार पहिचान नखुलेको करिब २८ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी लाइसेन्सका आधारमा प्रहरीले चालकको पहिचान गरेको हो । दुवै जनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button