तपाईँ सुन्दै हुनुहुन्छः

२८औँ तामाङ प्रसारण दिवस धनकुटामा मनाइयो

धनकुटा । तामाङ पत्रकार संघ प्रदेश नं १ ले  २८औँ तामाङ प्रसारण दिवस विभिन्न कार्यक्रम गरि धनकुटाको हिलेमा मनाएको छ । 

तामाङ पत्रकार संघ प्रदेश नं १ ले आयोजना गरेको कार्यक्रममा तामाङ समुदायका अगुवाहरूले तामाङ समुदायहरूको पत्रकारहरूलाई व्यवसायीक बनाउनु पर्ने आजको आवश्यक रहेको बताएका छन् ।  तामाङ समुदायको संस्कार संस्कृति एकदमै लोभ लाग्दो र जीवन्त रहेको हुँदा त्यसको प्रचार प्रसार र संरक्षणका लागि तामाङ पत्रकारहरूले अगुवाइ गरेर कलम चलाउनु पर्नेमा उनीहरूले जोड दिएका छन् । तामाङहरू पछाडि परेको भन्दा पनि पछाडि पारिएको हुँदा आफ्नो समुदायको हितको लागि सशक्त रुपमा कलम चलाउन उनीहरूले तामाङ पत्रकारहरू सँग आग्रह गरेका छन् । 

रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण सुरु गरेको दिनको सम्झनामा मनाइँदै आइएको तामाङ प्रसारण दिवसका अवसरमा सङ्घले तामाङ्ग समुदायबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित प्रदेश नं १ का विभिन्न पालिकाका जनप्रतिनिधिलाई सम्मान समेत गरेको हो । 

सङ्घले जिल्ला समन्वय समिति धनकुटाका प्रमुख  निरेन तामाङ, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, चैनपुर नगरपालिकाका प्रमुख कृष्ण कुमार तामाङ, चौढण्डी नगरपालिकाका उदयपुरका प्रमुख कालुराम तामाङ, अर्जुनधारा नगरपालिका झापाका प्रमुख बलदेबसिं गोम्देन तामाङ, रोङ गाउँपालिका इलामका अध्यक्ष मनि कुमार स्याङबो तामाङ लगायतलाई सम्मान गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button