तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एसलाई सम्मानजनक सिट नदिए गठबन्धन टुट्छ: नेता शाही

रुकुम । नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटव्युरो सदस्य हंशबहादुर शाहीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीलाई सम्मानजनक सिट नदिए गठबन्धन नटिक्ने बताउनुभएको छ । स्थानीय तहको निर्वाचनमामा गठबन्धन दलहरूबाटै धोका भएपनि आगामी निर्वाचनमा त्यस्तो समस्या दोहोरिन नहुने उहाँको भनाई थियो । 

समाजवादी प्रेस सङ्गठनले रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एस)का कर्णाली प्रदेश सह इन्चार्ज समेत रहनुभएका शाहीले कर्णाली प्रदेशका सबै जिल्लामा प्रतिनिधि वा प्रदेश सभाको कुनै पनि एक पदमा नेकपा एसलाई सिट विभाजन गर्नुपर्ने उहाँको भनाई छ । गठबन्धन दलहरूबाट नेकपा एसलाई सम्मानजनक सिट बाँडफाँड नभए गठबन्धनमा आफूहरू सहभागी हुन नसक्ने उहाँको भनाई छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button