तपाईँ सुन्दै हुनुहुन्छः

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त 

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त हुनुभएको छ ।  

क्यापिटलको २०७९ श्रावण २९ गते बसेको सञ्चालक समितिको बैठकले निर्मल भट्टराईलाई २०७९ भाद्र ०१ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको क्यापिटलले जनाएको छ । 

भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गर्नुभएको छ । उहाँले क्यापिटलमै स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आउनुभएकोमा यसअघि क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आउनु भएको थियो । 

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरू (जस्तै: निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिस्ट्रेसन, संस्थागत परामर्श, सामूहिक लगानी कोष, प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड, लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरू) प्रदान संस्थाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button