तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाद्वारा नेता गिरिको स्वास्थ्य लाभको कामना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका नेता गिरिको स्वास्थ्य लाभको कामना गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य गिरि विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना पहिले नेपाल आउनुभएको थियो ।

नेपाल आउनासाथ निमोनिया देखिएकाले नेपाल मेडिसिटी अस्पतालमा यही साउन ९ गते भर्ना भई उहाँको उपचार भइरहेको छ । अस्पतालका डा पङ्कज बर्मनको नेतृत्वमा रहेको चिकित्सकको समूहले गिरिको उपचार गरिरहेको छ । चिकित्सक एवं परिवारका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जनाइएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button