तपाईँ सुन्दै हुनुहुन्छः

‘राजनीतिक शुद्धताका लागि निर्वाचन प्रणालीमा सुधार आवश्यक’

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक शुद्धताका लागि निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभएको छ ।

समाजवादी युवा संघ नेपालको राष्ट्रिय युवा भेलाको आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै अध्यक्ष यादवले निर्वाचन प्रणाली महँगो भएका कारण राम्रा तथा सक्षम व्यक्तिलाई चुनाव जित्न कठिन हुने गरेको बताउनुभयो ।

अध्यक्ष यादवले नागरिकता विधेयकालाई फिर्ता गर्ने काम राष्ट्रपतिबाट हुनु गलत रहेकोले सरकारमा रहेका दलहरूले विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिकहाँ पठाउने बताउनुभयो ।

उहाँले देशमा परिवर्तनका लागि शिक्षा प्रणालीमा आमूल सुधारको आवश्यकता रहेको बताउनुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अधिकार विनाको सङ्घीयताले प्रदेशको विकास गर्न कठिन भएको बताउनुहुँदै प्रहरीको समायोजन गर्न तथा संघीय निजामती ऐन ल्याउनका लागि संघीय सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button