‘संस्कृतिको संरक्षण र संवर्द्धनमा गुरुङहरूको महत्त्वपूर्ण योगदान’
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली संस्कृतिको संरक्षण र संवर्द्धनमा गुरुङ समुदायको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

मङ्गलवार पोखरामा आयोजित तमुहरूको ट्होटें पर्वलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाली संस्कृतिको संरक्षण गर्न गुरुङहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । तमुहरूको चाडपर्वमध्ये ट्होटें पनि एउटा मौलिक पर्व भएको बताउँदै यसको जगेर्ना गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिनभयो ।
राष्ट्रपति भण्डारीले गुरुङ जातिको मौलिक भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व, भेष भूषाले नेपाली राष्ट्रिय संस्कृतिलाई सबल र समृद्ध बनाउनमा ठूलो योगदान पुर्याएको चर्चा गर्नुभयो ।
ट्होटें पर्व गुरुङ समुदायले हरेक वर्ष साउन र चैतको अन्तिम मङ्गलवार वर्षमा २ पटक मनाउने गर्दछन् । आफ्नो गाउँ ठाउँ, बस्तीमा भूतप्रेत, रोगव्याधी र अनिकाल हटाउन यो पर्व मनाउने गरिन्छ ।






प्रतिक्रिया राख्नुहोस्