तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी पोखरामा

गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउनुभएको छ । 

मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुग्नुभएको हो । पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी पोखराको बिरौटास्थित होटेल पोखरा ग्रान्डमा बस्नुभएको छ । उहाँ मङ्गलबार बिहान ८।३० बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्यवासिनी मावि बाटुले चौरको हिरक जयन्तीमा सहभागी हुनुहुने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार राष्ट्रपति मङ्गलबार नै दिउँसो १० बजे तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बनी काठमाडौँ फर्कने कार्यक्रम छ । 

राष्ट्रपतिको पोखरा भ्रमणलाई लक्षित गरी यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button