तपाईँ सुन्दै हुनुहुन्छः

प्रचण्ड र बाबुरामबिच एउटै चिन्ह लिएर निर्वाचनमा जाने सहमति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबिच आगामी निर्वाचनका विषयमा आज छलफल भएको छ ।

file photo

अध्यक्ष द्वय ‘प्रचण्ड’ र डा. भट्टराईबिच एउटै निर्वाचन चिन्ह लिएर आगामी चुनावमा जाने सहमति भएको डा.भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिनुभयो ।

छलफलमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एउटै चुनाव चिन्ह र साझा घोषणापत्र मार्फत् मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा जाने सहमति पनि जुटेको स्वकीय सचिव पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button