तपाईँ सुन्दै हुनुहुन्छः

समाजवादी प्रेस सङ्गठन मधेश प्रदेशको अध्यक्षमा प्रवीण साह

जनकपुरधाम  । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस सङ्गठन नेपालको मधेश प्रदेश समितिको प्रथम अधिवेशनबाट १३ सदस्यीय समिति गठन गरि सम्पन्न भएको छ ।

अधिवेशनले सङ्गठनको मधेश प्रदेश अध्यक्षमा प्रवीण साहलाई सर्वसम्मत चयन गरेको ।  सङ्गठनको उपाध्यक्षमा प्रवीण शर्मा, महिला उपाध्यक्षमा प्रकृति अधिकारी, सचिव रमेश सुवेदी, सह–सचिव प्रमोद चालिसे र कोषाध्यक्षमा रामपुकार यादवलाई चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा सलिता सदा, नवीन साह, अजित कर्ण, नरेश गुप्ता र विनोद पटेल चयन हुनुभएको छ ।

नेपाल पत्रकार महासङ्घको केन्द्रिय कार्यवाहक महासचिव गोविन्द चौंलागाईको प्रमुख आतिथ्यमा भएको प्रदेश अधिवेशनमा नेकपा एकीकृत समाजवादी पार्टीको मधेस प्रदेश इन्चार्ज धर्मनाथ साह, नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडा, मधेश प्रदेशका उद्योग, पर्यटन, वन, वातावरण मन्त्री सत्रुधन महतो, नेकपा एसका सचिव नगेन्द्र चौधरी  सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button