तपाईँ सुन्दै हुनुहुन्छः

पिथिबाङ्ग खोलामा पुल नबन्दा यात्रुलाई सधैँको सास्ती 

रुकुम पश्चिम । राप्ती लोकमार्ग अन्तरगत रुकुम पश्चिमको पिथिबाङ्ग खोलामा पक्की मोटरेबल पुल नहुँदा स्थानीय सर्वसाधारण र यात्रुलाई सास्ती भएको छ । 

हरेक वर्ष वर्षा सुरु भएसँगै खोलाको बहाव बढेर बाढी आउने समस्याका कारण सर्वसाधारण र यात्रुलाई आवतजावतमा सास्ती भएको हो ।

दाङ, सल्यान हुँदै रुकुमसम्मको सडक सञ्जाल जोडिएको दुई दशक पुग्नै लाग्दा समेत पिथिबाङ्ग खोलामा पक्की पुल निर्माणको काम अधुरै रहेको छ । यसबाट बर्सातको समय अवधिभर सानादेखि ठूला सवारीसाधनलाई गन्तव्यमा पुग्न मुश्किल हुने गरेको छ । 

पिथिबाङ्ग खोलामा दुई वर्ष अघिबाट पक्की पुल निर्माणको काम सुरु गरिए पनि हालसम्म एकवटा पिल्लर बाहेक अन्य काम पूरा हुन सकेको छैन । 

निर्माण कम्पनीको ढिलासुस्ती र लापरर्बाहीका कारण पुल निर्माण हुन नसकेको हो । जसका कारण बर्सेनि बर्षायाममा यातायातका सवारी साधानहरु आवातजावतमा समस्या हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button