सीमावर्ती क्षेत्रमा लामो दुरीको गस्ती सञ्चालन
सुनसरी । सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिविधि रोकथाम तथा नियन्त्रणका लागि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सीमावर्ती क्षेत्रमा लामो दुरीको गस्ती सञ्चालन गरेको छ ।

खुल्ला सीमा नाकाको फाइदा उठाउँदै हुने चोरी, तस्करी र अपराध रोकथाम तथा नियन्त्रणको लागि भारतसँग सीमा जोडिएको प्रदेश १ को तीन जिल्लाको सीमावर्ती क्षेत्रमा छुट्टै प्रहरी परिचालन गरी गस्ती सुरु गरिएको हो ।
पहिलो चरणमा यही श्रावण २० गतेदेखि २५ गतेसम्म छुट्टाछुट्टै टोली बनाई सीमावर्ती क्षेत्रमा परिचालन गरिएको थियो ।
यसअघि सम्बन्धित प्रहरी कार्यालयहरूले आआफ्नो एरियामा गस्ती गर्दै आएता पनि त्यसलाई थप व्यवस्थित गर्दै सुरक्षाकर्मी बढाएर सीमावर्ती क्षेत्रमा गस्ती बढाइएको हो ।
यस किसिमको गस्तीले मातहत प्रहरी कार्यालयबाट सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरूलाई थप हौसला प्रदान हुने र अपराधजन्य गतिविधि नियन्त्रण गर्न थप टेवा पुर्याउने लक्ष्यअनुसार गस्ती सञ्चालन गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्