बाँकेमा एकै दिन २५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज । बाँकेमा एकै दिन २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका २१ जना छन् । ४ जना बाहिरी जिल्लाका हुन् ।
भेरी अस्पतालमा २१ वटा नमुना जाँच गर्दा १७ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जना, खजुरा गाउँपालिकामा ४ र जमुनाहा नाकामा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । आज ७ जना निको भएका छन् ।
बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार २३४ पुगेको छ । यस्तै २० हजार १६ जना निको भइसकेका छन् । अहिले बाँकेमा ६५ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा छन् ।
प्रतिक्रिया राख्नुहोस्