अमेरिकाद्वारा युक्रेनलाई थप एक अर्ब डलर बराबरको सैन्य सहायता घोषणा

काठमाडौं । अमेरिकाले युक्रेनलाई क्षेप्यास्त्र, गोली गट्ठा तथा अत्याधुनिक हातहतियार खरिद गर्न थप एक अर्ब अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको छ ।
अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई एक मुष्ठ घोषणा गरेको यो हाल सम्मकै ठुलो सैन्य सहायता हो ।
पछिल्लो सहायता अमेरिकाको रक्षा मन्त्रालयबाट प्रत्यक्ष रूपमा युक्रेनी सरकारलाई जाने छ । यसअघि यस्ता सहायता नेटो र युरोपेली सङ्घको माध्यमबाट जाने गरेका थिए ।
यो सैन्य सहायतामा आर्थिकमा सहायता पनि समेटिएको बिबिसीले जनाएको छ ।
आर्थिक सहायताको केही रकम युक्रेनका अस्पताल, विद्यालय, अत्यावश्यक सामाग्री खरिद, पेन्सन लगायतमा पनि खर्च गरिने अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्